Saturday, February 26, 2011

'श्रीमान्' को बिहिबार च्यारिटी शो तथा प्रेश सो







































नेपालि कथानक चलचित्र श्रीमान्को बिहिबार च्यारिटी शो तथा प्रेश सो गरियो । नेपालि समाजमा रहेका महिला हरुको कथा ब्यथालाई समेटेर तयार परिएको सो चलचित्रमा पुजना प्रधान,कल्याण घिमिरे,पुष्पराज पुरुष, नीर शाह, सुनिल थापा, रूपा खनाल, शुष्मा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक नवल नेपालको पटकथा र संवाद रहेको सो चलचित्रमा महेश खड्काको संगीत, दिव्य सुवेदीको छायांकन, राजु शाहको नृत्य-निर्देशन र शिव पुरी एवं अरुण शर्माको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिती भने अझै टुंगो लागी नसकेको निर्माता तथा नायक कल्याण घिमिरेले जानकारी दिए ।

No comments:

Post a Comment